काठमाडौं । इटालियन क्लब इन्टर मिलानविरुद्ध ५-० को सानदार जित दतौ गर्दै पेरिस सेन्ट-जर्मन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगको उपाधि उचालेकाे छ।
फ्रेन्च लिग वान विजेता पिएसजी पहिलो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९/२० सिजनको फाइनलमा पिएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो ।
शनिबार जर्मनीको एलियान्ज एरिनामा पिएसजीलाई जित दिलाउन डेसिरे डुएले दुई तथा अचरफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले समान एक गोल गरे।
हाकिमीले १२औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । डुएले २०औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए ।
डुएले ६३औं मिनेटमा व्यक्गित दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यसको १० मिनेटपछि क्वारात्स्खेलियाले गो गर्दा पिएसजीको अग्रता ४-० मा पुग्यो ।
वैकल्पिक खेलाडी मायुलुले ८६औं मिनेटमा गाेल गर्दै पएसजीलालाई ५-० काे सानदार जित दिलाए । उनले मैदान प्रवेश गरेको तीन मिनेटपछि गोल गरेका हुन् ।