जेष्ठ २२, २०८२ बुधबार | १२:११:१८
अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि अल्कारेज सोझो सेटमा विजयी वेस्ट इन्डिजविरुद्ध इङ्ल्यान्डको ‘क्लिन स्विप’ लगातार दोस्रो जितको लक्ष्यमा नेपाल स्वेदश फर्कियो महिला फुटबल टोली बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि टाइम्स र रोयल विजयी अल फोर बलको युथ एम्बेसडर फेलोशिप कार्यक्रम सम्पन्न बेङ्लुरुले दियो पञ्जावलाई १९१ रनको लक्ष्य गणेश पार्की तेलगु टाइटन्समा अनुबन्ध चेयरम्यान कप चेस बुधबारदेखि

थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडाैं । नेपालले महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सोमबार थाइल्यान्डसँग २-० को हार बेहोरेको छ ।

पथुम थानीस्थित थम्मासत रंगशालामा घरेलु टोली थाइल्यान्डलाई जित दिलाउन चात्चावान रोडथोङ र कप्तान जिरापुरन मोङकोल्डीले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा नेपालको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै थाइल्यान्ड दुई गोल गर्न सफल भएको हो ।

खेलको ५९औं मिनेटमा चात्चावान रोडथोङले गोलको खाता खोलिन् । करिब २५ यार्ड परबाट चात्चावानले गरेको फ्रिकिक प्रहारले नेपाली गोलकिपर अञ्जिला तुम्बाप्पोलाई बिट गर्दै पहिलो बारको जाली चुमेको थियो । यसअघि नेपाली रक्षक पूजा रानाले विपक्षी खेलाडीलाई फउल गरेकी थिइन् ।

खेलको ७४औं मिनेटमा राइट साइडबाट पिचायतिदा मानेवाङ्गले दिएको पासमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी जिरापुरनले वान टचमा गोल गरिन् । जिरापुरनको वान टच लोअर प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।

यसै खेलमार्फत रक्षक मनमाया दमाईले अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरिन् ।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी मनमायाले सोमबार थाइल्यान्डविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएकी हुन् ।

निर्धारित समय बेन्चमा रहेकी मनमायाले इन्जुरी समयमा राइट ब्याक विमला विकलाई प्रतिस्थापन गरेकी हुन् ।

यो खेलसँगै नेपालले दुई हारका साथ थाइल्यान्ड भ्रमणलाई अन्त्य गरेको छ । यसअघि ‘क्लोज डोर’मा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको थियो ।

यही जुन २९ देखि उज्वेकिस्तानमा हुने एएफसी एसिया कप छनोटको तयारीस्वरुप नेपालले थाइल्यान्ड भ्रमण गरेको हो । 

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा छ । नेपालले प्रतियोगितामा आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्ने तालिका छ । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा स्थान पक्का गर्नेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION