चैत्र १७, २०८२ मंगलबार | ०३:३३:५७
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

चेयरम्यान कप चेस बुधबारदेखि

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारबाट सुरु हुने भएको छ । 

हिमालयन चेस एकेडेमी(एचसिए) को व्यवस्थापनमा हुने प्रतियोगितामा दर्जन बढी विद्यालयका दुई सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

कामपा-४ का वडाध्यक्ष दिनेश महर्जनले भने, ‘प्रतियोगिताले यस वडाभित्रका विद्यार्थीवीच भाइचारा अभिवृद्धि गर्ने विश्वास छ ।’

च्याम्पियनसिपमा कामपा ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बुले भनिन्, ‘चेसले विद्यार्थीको बौद्धिक विकाससँगै अध्ययनलाई पनि राम्रो बनाउँछ। त्यसैले याे खेललाई प्राथमिकता दिएकोमा कामपा-४  लाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।’

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सञ्चालन हुने प्रतियोगितामा खेलाडी अध्ययनरत कक्षाका आधारमा ब्वाइज र गर्ल्स गरि ६ स्पर्धा समावेश छ । 
जसमा कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ छन् ।

प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीले पदक प्राप्त गर्नेछन् । पदककै आधारमा विद्यालयलाई अंक दिइनेछ जसमा शीर्ष विद्यालय च्याम्पियन बन्नेछ । उत्कृष्ट तीन विद्यालयले पुरस्कार पाउनेछन् ।

च्याम्पियनसिपका टेक्निकल डिरेक्टर याइशाष यासिर खम्बुका अनुसार स्वीस प्रणालीअनुसार सात राउन्डमा प्रतियोगिता सञ्चालन गरिनेछ । खेल १० मिनेट र प्रतिचाल बृद्धि १० सेकेन्डको हुनेछ । पहिलो दिन चार राउन्ड र दोस्रो दिन तीन राउन्डका खेल सञ्चालन गरिनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो