श्रावण १४, २०८२ बुधबार | २३:३३:०१
एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने

चेयरम्यान कप चेस बुधबारदेखि

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारबाट सुरु हुने भएको छ । 

हिमालयन चेस एकेडेमी(एचसिए) को व्यवस्थापनमा हुने प्रतियोगितामा दर्जन बढी विद्यालयका दुई सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

कामपा-४ का वडाध्यक्ष दिनेश महर्जनले भने, ‘प्रतियोगिताले यस वडाभित्रका विद्यार्थीवीच भाइचारा अभिवृद्धि गर्ने विश्वास छ ।’

च्याम्पियनसिपमा कामपा ४ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी तथा वडाबाहिर अध्ययनरत स्थानीय बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् ।

हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बुले भनिन्, ‘चेसले विद्यार्थीको बौद्धिक विकाससँगै अध्ययनलाई पनि राम्रो बनाउँछ। त्यसैले याे खेललाई प्राथमिकता दिएकोमा कामपा-४  लाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।’

बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सञ्चालन हुने प्रतियोगितामा खेलाडी अध्ययनरत कक्षाका आधारमा ब्वाइज र गर्ल्स गरि ६ स्पर्धा समावेश छ । 
जसमा कक्षा १ देखि ४, कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२ छन् ।

प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीले पदक प्राप्त गर्नेछन् । पदककै आधारमा विद्यालयलाई अंक दिइनेछ जसमा शीर्ष विद्यालय च्याम्पियन बन्नेछ । उत्कृष्ट तीन विद्यालयले पुरस्कार पाउनेछन् ।

च्याम्पियनसिपका टेक्निकल डिरेक्टर याइशाष यासिर खम्बुका अनुसार स्वीस प्रणालीअनुसार सात राउन्डमा प्रतियोगिता सञ्चालन गरिनेछ । खेल १० मिनेट र प्रतिचाल बृद्धि १० सेकेन्डको हुनेछ । पहिलो दिन चार राउन्ड र दोस्रो दिन तीन राउन्डका खेल सञ्चालन गरिनेछ ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081