फाल्गुन १०, २०८२ आइतबार | २३:४५:१८
एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा

मेयर कप ब्याडमिन्टन सुरु

काठमाडौं । चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आज (मंगलबार)बाट सुरु भएको छ । ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे ।

बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको पुरुष एकलतर्फ नेपाल पुलिस क्लबका भविश थापाले विजयी सुरुवात गरे । भविशले सुर्खेतका प्रकाश अधिकारीलाई २१–१० र २१–११ को सोझो सेटमा पराजित गर्दै राउण्ड ३२ मा प्रवेश गरेका छन् ।

यस्तै, नेपाल पुलिस क्लबकै नगेन्द्र लिम्बुले देवीनगरका तसत ढकाललाई २१–६, २१–७ ले पराजित गरे । यसैगरी आर्मी क्लबका बिवेक चौधरी र लक्ष्मण राना मगर, लभ ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रीन, नेपाल पुलिस क्लबका सक्षम ढकाल र हिराबहादुर राई, आर्मीका बिधान अधिकारी र सुप्रिम पन्त, पुलिसका कविर के.सी, तिनचुलीका सुनिल कार्की, पुलिसका अलिन मल्ल, गोरखाका मुकुल गुरुङ्ग, ओखलढुङ्गका टिका ध्वज राई आर्मीका सुविन श्रेष्ठ, पुलिसका जोन जसराज र फिटनेश स्पोर्टसप्लेक्सका प्रियान्सु क्षेत्री पनि आ–आफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् ।

लतिलपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष यु–१७ तर्फको प्रतिस्पर्धाको राउण्ड अफ ६४ को खेलमा मधवाईलिया ब्याडमिन्टन क्लबका बिवेक अधिकारी, बालकुमारी रिमिक्सका हर्चबर्धन राठी, आर्मीका प्रतिक बिष्ट, बालकुमारीका शक्षम शाक्य, आबिएससीका आदित्य कुमार, किर्तिपुर ब्याडमिन्टन क्लबका सामन्त भद्र बज्राचार्य, भिन्छेबहालका अलेन डङ्गोल, कस्तुरी कलेजका मिकेश लिम्बु र मनोहराका प्रणभ आचार्यले पनि राउण्ड अफ ३२ मा स्थान बनाएका छन् ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, उच्च २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ बर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव २ सय २६ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको प्रतियोगिताको पुरस्कार रासी ४ लाख २५ हजार रहेको छ ।  पुरुष एकल, महिला एकल र पुरुष युगलतर्फका शीर्ष तीन स्थान हासिल गर्नेले नगद ५० हजार, २५ हजार र १० हजार पाउनेछन् ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||