चैत्र ६, २०८२ शुक्रबार | ०७:०३:१९
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी

काठमाडौं । आयोजक बिआइए इन्स्टिच्युटले नेपालमै पहिलोपटक आयोजना भएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार बौद्धस्थित डाउनटाउनमा सम्पन्न खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५–३ स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्वीलचेयर रग्बी खेलको पहिलो औपचारिक खेल हो ।

विजेता टोलीले ट्रफी र मेडल प्राप्त गरे । खेलाडीहरूलाई नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटा, गोकर्णेश्वर–५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, अमेरिकी दूतावासका राजनीतिक अधिकृत ब्लेक गिरागोस, बिआइएका कार्यकारी निर्देशक गोकर्ण ढुंगाना तथा नेपाल स्पाइनल इन्जरी पुनस्र्थापनाका डा. राजु ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा बिआइएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी घोषित भए भने स्पाइनल इन्जरी संघ नेपालका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए । दुवै खेलाडीले पुरस्कारस्वरूप एयर कुशन प्राप्त गरे।

बिआइएका कप्तान तथा स्पोट्र्स डिपार्टमेन्टका संयोजक दिलिप सापकोटाले लामो समयको प्रयासपछि ह्वीलचेयर रग्बी खेल सफलतापूर्वक आयोजना गर्न सकिएको बताए ।

‘पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई समाजसँग जोड्ने, उनीहरूलाई घरबाहिर ल्याउने र खेलमार्फत समावेशी बनाउने नै यस खेलको मुख्य उद्देश्य हो,’ सापकोटाले भने ।

नेपाल रग्बी संघसँग खेललाई निरन्तरता दिन आग्रह गर्दै सापकोटोले प्रशिक्षण तथा प्रतियोगिताहरू संस्थागत र विवादरहित ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूले खेलमार्फत राष्ट्र र समाजका लागि योगदान दिन सक्ने वातावरण बनाइनुपर्छ,’ उनले भने।

बिआइए इन्स्टिच्युटले अपाङ्गता भएका व्यक्तिहरूको सीप अभिवृद्धि, क्षमता विकास र आत्मनिर्भरता बढाउने उद्देश्यका साथ काम गर्दै आएको जनाएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो