पुस २, २०८२ बिहीबार | २१:१६:५४
गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी गौरवलाई फुटबल गतिविधिमा नरोक्न उच्च अदालतको आदेश ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु एन्फा यु–१६ युथ लिगः आर्मीको पोस्टमा मछिन्द्रको ९ गोल, फ्रेन्ड्स र चर्च ब्वाइजलाई पनि तीन अंक जेनजी सहिद स्मारक फुटसल शुक्रबार र शनिबार सिटी र न्युक्यासल विजयी रियाल मड्रिडको कठिन जित एन्फा यु-१६ युथ लिगः जावलाखेल, आर्मी र मनाङको जित यु-१९ एसिया कपः जितविहीन हुँदै बाहिरियो नेपाल साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र इस्ट बङ्गालले खेल्यो बराबरी

ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी

काठमाडौं । आयोजक बिआइए इन्स्टिच्युटले नेपालमै पहिलोपटक आयोजना भएको ह्वीलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ ।

बिहीबार बौद्धस्थित डाउनटाउनमा सम्पन्न खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५–३ स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्वीलचेयर रग्बी खेलको पहिलो औपचारिक खेल हो ।

विजेता टोलीले ट्रफी र मेडल प्राप्त गरे । खेलाडीहरूलाई नेपाल रग्बी संघका अध्यक्ष दिपक देवकोटा, गोकर्णेश्वर–५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, अमेरिकी दूतावासका राजनीतिक अधिकृत ब्लेक गिरागोस, बिआइएका कार्यकारी निर्देशक गोकर्ण ढुंगाना तथा नेपाल स्पाइनल इन्जरी पुनस्र्थापनाका डा. राजु ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा बिआइएका प्रकाश बस्नेत उत्कृष्ट खेलाडी घोषित भए भने स्पाइनल इन्जरी संघ नेपालका अनन्त राई ‘इमर्जिङ प्लेयर’ घोषित भए । दुवै खेलाडीले पुरस्कारस्वरूप एयर कुशन प्राप्त गरे।

बिआइएका कप्तान तथा स्पोट्र्स डिपार्टमेन्टका संयोजक दिलिप सापकोटाले लामो समयको प्रयासपछि ह्वीलचेयर रग्बी खेल सफलतापूर्वक आयोजना गर्न सकिएको बताए ।

‘पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई समाजसँग जोड्ने, उनीहरूलाई घरबाहिर ल्याउने र खेलमार्फत समावेशी बनाउने नै यस खेलको मुख्य उद्देश्य हो,’ सापकोटाले भने ।

नेपाल रग्बी संघसँग खेललाई निरन्तरता दिन आग्रह गर्दै सापकोटोले प्रशिक्षण तथा प्रतियोगिताहरू संस्थागत र विवादरहित ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूले खेलमार्फत राष्ट्र र समाजका लागि योगदान दिन सक्ने वातावरण बनाइनुपर्छ,’ उनले भने।

बिआइए इन्स्टिच्युटले अपाङ्गता भएका व्यक्तिहरूको सीप अभिवृद्धि, क्षमता विकास र आत्मनिर्भरता बढाउने उद्देश्यका साथ काम गर्दै आएको जनाएको छ ।
 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team