चैत्र ६, २०८२ शुक्रबार | ०५:२९:२४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जापानको आइची र नागासाकीमा हुने एसियाली खेलकुद २०२६ को प्रचारमा खेलकुद पत्रकारको भूमिकाबारे अन्तरक्रिया गरेको छ ।

सातदोबाटोस्थित ओलम्पिक भवनमा आयोजित कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अबको एसियाली खेलकुदमा नेपालको सहभागिता उपलब्धीमुलक हुनु पर्नेमा जोड दिएका दिए ।

कार्यक्रमका अवसरमा अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको आयोजनाका लागि धेरै समय बाँकि नरहेको हुनाले यसका तयारी अझ ब्यापक र व्यवस्थित ढंगले हुनु पर्ने बताए ।

उनले भने, ‘नेपाली टिमको तयारीका लागि अब धेरै समय बाँकी छैन । खेलाडीको तयारीमा एनओसीले कुनै कसर बाँकी राख्ने छैन । हामीले एसियाली खेलकुदमा सहभागी हुने केही खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरेका छौं ।’

अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको प्रचार प्रसारका लागि खेल पत्रकारको ठूलो भूमिका रहने बताए । उनले पत्रकारका लागि सहभागी हुने खेल र खेलाडीको जानबारीका लागि सूचना आदान प्रदानका लागि विशेष व्यवस्था हुने बताउँदै दोस्रो पक्षकोतर्फबाट पनि रचनात्मक सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा पत्रकारहरुले एसियाली खेलकुदको तयारीलाई लिएर जिज्ञासा उठाउँदै एनओसीसमक्ष केही सुझाव पनि दिएका थिए ।

२०औं एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुँदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो