फाल्गुन ७, २०८२ बिहीबार | १८:४४:५९
वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित

रञ्जन र रविनलाई उपाधि

काठमाडौं । रञ्जन कँडेल र रविन चेपाङले प्रथम कायक च्याम्पियनसिपको उपाधि जितेका छन् । 

त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमा रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा पहिलो स्थान हात पारेका हुन् । रञ्जन चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपका कांस्य पदक विजेता खेलाडी पनि हुन् । 

हिमालय रिभर गाइड संघको आयोजनामा भएको च्याम्पियनसिपको बोर्डरक्रस विधामा मोहन राना दोस्रो, लक्ष्मण गुरुङ तेस्रो, सुमन थापा चौथो र सविन गुरुङ पाँचौं भएका थिए । यसैगरी फ्रिस्टाइल विधामा अमृत थापाले दोस्रो स्थान हासिल गरे भने मोहन राना तेस्रो स्थानमा रहे । यस विधाको ओभरल च्याम्पियन भने मोहन राना बन्न सफल भए । च्याम्पियनसिपमा स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्य पदक विजेतालाई पाँच हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 

हिमालय रिभर गाइड संघका अध्यक्ष डोलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पदक विजेता खेलाडीलाई नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका श्रेष्ठले नेपालमा ¥याफ्टिङ एन्ड क्यानोइङको विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

उनले हालै चीनको नुजियाङमा भएको एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा नेपाली खेलाडीले हासिल गरेको सफलतामा यस्ता प्रतियोगिताले पनि ठूलो भूमिका खेलेको बताउँदै खेलाडीलाई निखार्न प्रतियोगिताहरु भइरहनु पर्नेमा जोड दिएका थिए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||