श्रावण ३१, २०८२ शनिबार | २२:३०:५२
ओलम्पिक अभियानका द्रोणाचार्यको भिष्म परिक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार ओलम्पिक अभियानका द्रोणाचार्यको भिष्म परिक्षा लिभरपुरलाई कस्ले रोक्ला ? आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' एनपिएल मिनी अक्सनः ३७ खेलाडीलाई कुन टोलीले कति खर्चिए ? पब्जीले देखाएको इ- स्पोर्टसको सुनौलो भविष्य एनएसजेएफ पल्सर वर्ष युवा खेलाडीः युवालाई प्रोत्साहित गर्ने सशक्त विधा एन्फा महिला लिग छनोटः लम्कीविरुद्ध बुटवल विजयी अन्डर डिस्ट्यान्स एथलेटिक्स च्याम्पियनसिपः विभागीय टोलीको वर्चश्व एएफसी यु-२३ एसियन कप छनोटका लागि नेपाली टोली घोषणा नर्दर्न टेरिटोरीसँग नेपालको हार

बेङ्लुरुलाई पहिलो आइपिएल उपाधि

काठमाडौं । पञ्जाव किंग्सविरुद्ध ६ रनको रोमाञ्चक जित निकाल्दै रोयल च्यालेन्जर्स बेङ्लुरु  इन्डियन प्रिमियर लिग (आइपिएल) को च्याम्पिन बनेको छ ।

बेङ्लुरुले पहिलो पटक उपाधि जितेको हो ।  यसअघि बेङ्लुरु सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

पञ्जाव दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि पञ्जावलाई सन् २०१४ मा कोलकाता नाइट्स राइडर्सले निरास बनाएको थियो ।

बेङ्लुरुले पहिलो क्वालिफायरमा पञ्जावलाई नै हराउँदै फाइनल यात्रा तय गरेको थियो । पञ्जावले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्ध जित निकाल्दै बेङ्लुरुसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

मंगलबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा  बेङ्लुरुले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभर नै ब्याटिङ गरे पनि १८४ रन बनायो ।

पञ्जावका लागि  शशांक सिंहले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी जोश इङ्लिसले ३९, प्रभसिम्रन सिंहले २६, प्रियान्श आर्चाले २४ र नेहाल वधेराले १५ रन बनाए ।

बेङ्लुरुका लागि भुवनेश्वर कुमार र कुर्णान पाण्डेयाले समान दुई तथा यश दयाल, जोश हेजलउड रोमारियो शेफर्डले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको थियो ।

बेङ्लुरुका लागि विराट कोहलीले ४३, कप्तान रजत पाटिदारले २६, लियम लिभिङस्टोनले २५, मयंक अग्रवाल र जितेश शर्माले समान २४, रोमारियो सेफर्डले १७ तथा फिल साल्टले १६ रन बनाए ।  

पञ्जावका लागि कायल जिमिसन र अर्शदीप सिंहले समान दुई तथा युजवेन्दर चहल, अज्मतुल्लाह ओमरजाई र विजयकुमार वैशाकले समान एक विकेट लिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video