काठमाडौं । डार्सी शर्टको अर्धशतकप्रेरित घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकरले टप एन्ड ट्वान्टी २० शृंखलामा नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको नर्दर्ज टेरिटोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो ।
नर्दर्न टेरिटोरीका लागि शर्टले ३४ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी थोम एन्ड्रयुले अविजित ३३, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र कप्तान जेक वेदराल्डले ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले तीन शाहब आलमले दुई तथा दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video