काठमाडौं । इन्टर मियामीले मेजर लिग सकरमा आइतबार कोलम्बस क्रिउविरुद्ध ५-१ को सानदार जित दर्ता गरेको छ ।
जितसँगै १६ खेलमा २९ अंक जोडेको मियामी इस्टर्न कन्फ्रेन्सको तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोलम्बस १७ खेलबाट २८ अंकका साथ पाँचौं स्थानमा छ ।
चेज रंगशालामा घरेलु टोली मियामीलाई जित दिलाउन कप्तान लियोन मेसीले दुई तथा टाडियो एलेन्डे, लुइस स्वारेज र फाफा पिकाल्टले समान एक गोल गरे । कोलम्बसका लागि सेजर रुभाल्काबाले गोल फर्काए ।
खेलको १३औं मिनेटमा एलेन्डेको गोलमार्फत मियामीले अग्रता लिएको थियो । दुई मिनेटपछि नै मेसीले टोलीको अग्रता दोब्बर बनाए ।
मेसीले २४औं मिनेटमा व्यक्गिगत दोस्रो गोल गरे । रुभाल्काबाले ६८औं मिनेटमा कोलम्बसका एक गोल फर्काए ।
स्वरेजले ६४औं मिनेटमा गाेल गर्दा मियामी ४-० ले अगाडि बढ्याे। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा पिकाल्टले गोल गर्दै मियामीलाई ५-१ को सनदार जित दिलाए ।