कार्तिक ८, २०८२ शनिबार | ०३:५८:११
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी

अस्ट्रेलिया जाने कराते टोलीको बिदाइ गरिदै ।

काठमाडौं । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा सहभागी हुन ९ सदस्यीय नेपाली टोली बुधबार राति ११ बजे अस्ट्रेलियाको सिड्नी जाने गर्ने तालिका छ।

अप्रिल ४ देखि ६ सम्म हुने प्रतियोगितामा एक पुरुष र चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठ तथा महिला ५० केजीमुनिमा वर्षा बुढामगर, ५५ केजीमुनिमा पुष्पका लामा, ६८ केजीमाथिमा एरिका गुरुङ र ६१ केजीमुनिमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

टाेलीकाे प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्यसचिव टंकलाल घिसिङले बुधबारै बिदाइ गरे । सोही अवसरमा आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता करातेका विजय लामाले टोलीका लागि प्रायोजन गरेको ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain