काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ अन्तर्गत एफसी चितवनले पोखरा थण्डर्सविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगिताको तेस्रो खेलमा चितवनका लागि नोदिर माब्लोनोभले गोल गरे । माब्लोनोभले खेलको १५औं मिनेटमा भिक्टर मानसारेले राइट साइडबाट दिएको कटब्याकलाई सदुपयोग गरेका हुन् । पेनाल्टी बक्सभित्रबाट प्राप्त बललाई बक्स बाहिर रहेका नोदिर माब्लोनोभले वान टचमा पहिलो बारको जाली चुमाए ।
यसबाहेक ३१औं मिनेटमा विंगर शिशिर लेखीको शक्तिशाली प्रहार पोखराका गोलकिपर प्रिसो एनजाङ्गाले बचाउँदा चितवनले अग्रतालाई बढाउन सकेन ।
चितवनका केही विदेशी खेलाडीमा श्रम स्विकृति नभएका कारण विवाद उत्पन्न हुँदा खेल १८ मिनेट ढिलो सुरु भएको थियो ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।