काठमाडौं । जर्मन क्लब आरबी लाइपजिगले मुख्य प्रशिक्षक मार्को रोजलाई बर्खास्त गरेको छ ।
रोजले साढे दुई वर्ष आफ्नो जिम्मेवारी सम्हाले । उनी सन् २०२२ मा अर्को जर्मन क्लब बोरुसिया डर्टमन्ड छाडेर लाइपजिग आएका थिए ।
रोजको स्थानका क्लबले ज्सोल्ट लोलाई अन्तरिम प्रशिक्षककाे जिम्मेवारी दिएकाे छ । चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) मा थोमस टुचेलको सहायकका रूपमा काम गरेका लोले सिजनको अन्त्यसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
लाइपजिगले जर्मन बुन्डेसलिगाका पछिल्ला ११ मध्ये मात्र तीन खेल जितेको छ । हालसम्म २७ खेल खेल्दा ४२ अंक जोडेको लाइपजिग छैटौं स्थानमा छ ।
लाइपजिगले बुधबार जर्मन कपको सेमिफाइनलमा स्टुटगार्टको सामना गर्दैछ ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।