काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुआत गरेको छ ।
धनगढीले दशरथ रंगशालामा मंगलबार बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । जितसँगै धनगढीले तीन अंक जोडेको छ । पहिलो पराजय बेहोरेको बुटवलको दुई खेलबाट एक अंक छ ।
धनगढीलाई जित दिलाउन अहमद हिजाजीले दुई तथा कृतिशरत्न छुन्जु र सर्जियो बार्बोजाले समान एक गोल गरे । बुटवलका लागि कान्ता हेराले गोल फर्काए ।

खेलकाे छैटौं मिनेटमा हिजाजीको गोलमार्फत धनगढीले अग्रता लिएको थियो । हाराले ३२औं मिनेटमा बुटवललाई बराबरीमा ल्याए ।
मार्की खेलाडी कृतिशरत्नले ७५औं मिनेटमा गरेपछि धनगढी २-१ ले अगाडि बढ्यो । इन्जुरी समयमा हिजाजीले व्यक्तिगत दोस्रो गोल गर्दा धनगढीको अग्रता ३-१ मा पुग्यो ।
इन्जुरी समयमै बार्बोजाले गोल गर्दै धनगढीलाई ४-१ को सानदार जित दिलाए ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।