चैत्र १०, २०८२ मंगलबार | ०८:४९:३९
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

एनपिएल आयोजनामा अनियमितता ! क्यानमाथि छानविन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको क्रममा राष्ट्रिय खेलकुद विकास ऐन तथा विज्ञापन नियमन ऐन र अन्य प्रचलित कानूनहरुको उल्लंघन गर्दै अनियमितता गरेको आरोपमा आयोजक नेपाल क्रिकेट संघ (क्यान)माथि छानविनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले बोर्ड सदस्य अञ्जन धमलाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको एनपिएलको पहिलो संस्करणमा क्यानले ब्रोडकास्टिङ पार्टनरको रुपमा प्रतियोगिताका सबै खेलहरु स्टार स्पोर्टसलाई प्रत्यक्ष प्रशारण गर्न दिएको थियो । त्यसक्रममा क्यानले स्टार स्पोर्टसलाई करोडौंं रुपैयाँ तिरेको बताइएको छ ।

त्यसक्रममा क्यानले ‘सार्वजनिक खरिद ऐनविपरित हुने गरि भ्रामक सुचना जारी गर्दै नेपाली मिडिया तथा विञापन उद्योगको स्रोत र क्षमताको अवमुल्यन गरेको, प्रचलित अन्य कानूनहरुको अलावा विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ६ को उल्लंघन गरेको, नेपालमा विज्ञापन व्यावसाय गर्नका लागि विज्ञापन बोर्डमा दर्ता हुन विदेशी टेलिभिजन च्यानलको सदस्यता लिनुपर्ने बाध्यात्मक परिस्थिती सिर्जना गरेको, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४४ को उपदफा २ बमोजिम राष्ट्रिय खेल संघ वा प्रदेश र स्थानीय स्तरका खेलसम्बन्धि संस्था वा निकाय तथा संघले विदेशी सरकार, अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठा कमाएका अन्य अन्तर्राष्ट्रिय च्यानललाई मौका नदिई सार्वजनिक खरिद ऐन विपरित विना टेण्डर स्टार स्पोर्टसलाई दिएको’ भन्ने उजुरी परिषद र युवा तथा खेलकुद मन्त्रालयसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि परेको थियो ।

सोही उजुरीको आधारमा अख्तियारले मन्त्रालय तथा मन्त्रालयले परिषदलाई छानविन गरि सत्यतथ्यको प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । मन्त्रालयले गएको फागुन १ गते परिषदलाई छानविन गरि मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनअनुसार परिषदले सदस्यसचिव टंकलाल घिसिङस्तरीय निर्णयबाट १५ दिनभित्र छानविन गरि प्रतिवेदन बुझाउने म्यान्डेटसहित गएको १३ गते धमलाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । समितिको सदस्यमा परिषदको प्रशासन विभागका प्रशासकिय अधिकृत कमल दाहाल र परिषद कर्मचारी प्रशासन शाखाका प्रशासकिय अधिकृत सारंगीन निरौला छन् ।

कार्यदलका संयोजक धमला तथा सदस्यहरुलाई परिषदको खेलकुद विकास विभागकी निमित्त विभागीय प्रमूख प्रभा कर्माचार्यले गएको चैत १७ गते कार्यक्षेत्र र समयसिमा तोक्दै पत्र दिएकी थिइन । कार्यदलका संयोजक र सदस्यहरुले पत्र बुझेको मितिले १५ दिनभित्र छानविन गरेर प्रतिवेदन बुझाइसक्नुपर्नेछ ।

कार्यदललाई प्रचलित कानुनको आधारमा सरोकारवाला सबै पक्षसँग छलफल तथा आवश्यक कागजात अध्ययन गरेर निर्धारित समयभित्र विवरण तथा प्रतिवेदन तयार गर्ने कार्यक्षेत्र तोकिएको छ ।

एनपिएल आयोजनाको क्रममा नेपालको कानुनविपरित बेटिङ कम्पनीहरुलाई प्रायोजकका रुपमा भित्र्याएकोमा क्यानको कडा आलोचना भएको थियो । यसैगरि नेपाली क्रिकेटमा वर्षौदेखि योगदान गर्दै आएका नेपाली सञ्चार माध्यमको योगदानलाई बेवास्था गर्दै ठूलो पैसाको चलखेलमा स्टार स्पोर्टस भित्रयाएको आरोप क्यानमाथि थियो ।

स्टार स्पोर्टस भित्र्याउने क्रममा क्यानले नेपालका सञ्चार माध्यमहरुलाई प्रतिस्पर्धाको अवसर समेत नदिएको भन्दै क्यान नेतृत्वको आलोचना भएको थियो । यिनै विषयमा नेपालको खेलकुद तथा विज्ञापन कानुनको उल्लंघन भएको र विदेशी कम्पनीलाई भित्र्याउँदा पूरा गर्नुपर्ने विभिन्न कानूनी प्रक्रियाहरुलाई बेवास्था गरेको, सार्वजनिक खरिद ऐनको उल्लंघन गरेको लगायतका आरोपसहित क्यानमाथि सरकार तथा अख्तियारमा उजुरी परेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो