चैत्र २१, २०८१ बिहीबार | ०३:४४:००
बेङ्लुरुले दियो गुजरातलाई १७० रनको लक्ष्य पहिलो खेलमा टाइम्स पराजित ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै गुजरात पुलिसलाई चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि प्लानिङ ब्वाइजलाई दुई अंकको अग्रता एनपिएल आयोजनामा अनियमितता ! क्यानमाथि छानविन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन इण्डो नेपाल ट्वान्टी-२० क्रिकेट शनिबारबाट हुने न्युजिल्यान्डलाई एक खेल अगावै एकदिवसीय शृंखला वीरगंजको अपराजित यात्रा कायम बेङ्लुरुले दियो गुजरातलाई १७० रनको लक्ष्य पहिलो खेलमा टाइम्स पराजित ललितपुरको पहिलो जित, पोखराको लगातार दोस्रो हार बेङ्लुरुविरुद्ध फिल्डिङ गर्दै गुजरात पुलिसलाई चौतारा साँगाचोकगढी नगर कप भलिबलको उपाधि प्लानिङ ब्वाइजलाई दुई अंकको अग्रता एनपिएल आयोजनामा अनियमितता ! क्यानमाथि छानविन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन इण्डो नेपाल ट्वान्टी-२० क्रिकेट शनिबारबाट हुने न्युजिल्यान्डलाई एक खेल अगावै एकदिवसीय शृंखला वीरगंजको अपराजित यात्रा कायम

पुछारको श्री कुमारीलाई हराउँदै श्री भगवती शीर्ष स्थानमा उक्लियो

फाइल तस्वीर

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत पुछारमा रहेको श्री कुमारी क्लबमाथि २–० को सहज जित हासिल गर्दै श्री भगवती क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा श्री भगवतीलाई जित दिलाउन सुलेमान थापामगर र अमित लामाले गोल गरे ।

लिगमा अपराजित यात्रालाई कायम राखेको श्री भगवतीको यो तेस्रो जित हो । जितसँगै श्री कुमारी चार खेलमा १० अंक जोड्दै एक खेल कम खेलेको प्लानिङ ब्वाइजलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो । श्री कुमारीको भने यो लगातार चौथो पराजय हो । श्री कुमारी जारी लिगमा अंकको खाता खोल्न नसक्ने एउटा मात्र क्लब हो ।

खेलको १४औं मिनेटमा सुलेमानले भगवतीलाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा अमितले अग्रतालाई दोब्बर बनाए । त्यसपछि पनि केही अवसर सृजना गरेको भगवतीले गोल भने गर्न सकेन ।

दिनको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनमाथि च्यासल युवा क्लबले ४-० को सहज जित हासिल गर्यो । यो जितसँगै चार खेलमा सात अंक जोडेको च्यासल तेस्रो स्थानमा उक्लियो । समान खेलबाट चार अंक जोडेको मध्यपुर सातौं स्थानमा छ । 
 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।