चैत्र १४, २०८२ शनिबार | ०८:०४:०६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

गण्डकीका आठ जिल्ला खेलकुद विकास समितिले पाए पदाधिकारी

पाेखरा । गण्डकी प्रदेशका आठ जिल्ला खेलकुद विकास समितिले पदाधिकारी पाएका छन् ।

मंगलबार प्रदेश खेलकुद परिषद् गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको रोहबरमा परिषद्का सदस्य सचिव श्रीधर शर्माले मनोनित पदाधिकारीलाई सपथ ग्रहण गराए ।

गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिरू गत फागुन ९ गते रिक्त भएका थिए ।

नेपाली काँग्रेसले ६ तथा नेकपा एमालेले ५ जिल्लामा अध्यक्ष र कोषाध्यक्ष पाउने सहमति बमोजिम पदाधिकारीहरु मनोनयन गरिएको हो । 

यस्तै नेपाली काँग्रेसले पाँच तथा नेकपा एमालेले ६ जिल्लामा उपाध्यक्ष र सचिवसहित पदाधिकारी मनोनयन गरिएको परिषदका अध्यक्ष एवं मन्त्री थापाले बताएका छन् ।

कुन जिल्लामा को को ?

गोर्खा- अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मकेश बानियाँ, सचिव अमृता गुरुङ र कोषाध्यक्ष होमबहादुर थापामगर

लमजुङ- अध्यक्ष सुमन श्रेष्ठ, उपाध्यक्ष अमृता पौडेल, सचिव मिनप्रसाद घले र कोषाध्यक्ष रवि थापा

तनहुँ- अध्यक्ष अनिल पाण्डे (पुनःदोहोरिएको), उपाध्यक्ष इनकन पोख्रेल खनाल, सचिव विश्वकुमार बुढा र कोषाध्यक्ष कविराज श्रेष्ठ

कास्की- अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष तिलक अधिकारी क्षेत्री, सचिव अन्जु केसी र कोषाध्यक्ष विग्नेश थापा

स्याङजा- अध्यक्ष प्रकाश रेग्मी (पुनःदोहोरिएको), उपाध्यक्ष विजयविक्रम खाँड, सचिवमा विद्यादेवी भट्टराई र कोषाध्यक्ष धिरज खाँड

पर्वत– अध्यक्ष जङ्गबहादुर पुनमगर, उपाध्यक्ष राजन गुरूङ, सचिव सपना पुर्जा पुनमगर र कोषाध्यक्ष जगतप्रसाद लामिछाने

बागलुङ– अध्यक्ष (निर्णय हुन बाँकी), उपाध्यक्ष कल्पना श्रेष्ठ र सचिव किशोर थापा, कोषाध्यक्ष (मनोनयन हुन बाँकी)

म्याग्दी– अध्यक्ष सुमन श्रेष्ठ, उपाध्यक्ष विष्णुकुमार रोक्का, सचिव कुमार किशान र कोषाध्यक्ष नरेश पुन

नवलपुर– निर्णय हुन बाँकी ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो