काठमाडौं । लिग लिडर इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आइतबार युडिनेजविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
जितसँगै इन्टरले ३० खेलमा ६७ अंक जोडेको छ । पराजित युडिनेज समान खेलबाट ४० अंकका साथ १०औं स्थानमा छ ।
सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन मार्को अर्नाउटोभिक र डेभिड फ्राटेसीले गोल गरे । युडिनेजका लागि ओमर सोलेटले गोल फर्काए ।
खेलको१३औं मिनेटमा अर्नाउटोभिको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । २९औं मिनेटमा फ्राटेसीले टोलीको अग्रता दोब्बर बनाए ।
साेलेटले ७१औं मिनेटमा गोल गर्दै युडिनेजलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
आइतबारै समम्पन्न अन्य खेलमा नापोलीले एसी मिलानलाई २-१, फियोरेन्टिनाले एटलान्टालाई १-० तथा काग्लियारीले मोन्जालाई ३-० ले पराजित गरे ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।