काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
स्पिनर ललितले विभागीय टोली नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन महत्वुर्ण भूमिका निर्वाह गरेका थिए । सर्वोत्कृष्ट खेलाडी चुनिएबापत उनले बजाजको मोटसाइकल प्राप्त गरे ।
यसैगरी ललित प्रतियोगिताको उत्कृष्ट बलर पनि चुनिए । उनले १० ओभरमा ८४.४ ओभर बलिङ गर्दै २३२ रन खर्चिएर सर्वाधिक ४१ विकेट लिएका थिए ।
उत्कृष्ट बलर बनेका ललितले अर्को मोटरसाइकल पाए ।
गण्डकी प्रदेशका अर्जुन कुमाल प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिए । अर्जुनले ९ खेलमा एक शतक र दुई अर्धशतकसहित सर्वाधिक ३७४ रन प्रहार गरे ।
उत्कृष्ट ब्याटर चुनिएका अर्जुनले एक थान मोटरसाइकल प्राप्त गरे ।
आर्मीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्याटर तृतराज दासले प्रतियोगिताको उदीयमान खेलाडी चुनिएबाफत ५० हजार रुपैयाँ पाए ।
पहिलो पटक प्रधानमन्त्री कपमा सहभागिता जनाएका तृतराजले १० खेलमा समान एक शतक र अर्धशतकसहित ३६५ रन प्रहार गरेका थिए ।