काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्ससामू १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
गुहवाटीस्थित बार्सापरा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रनको योगफल तयार पार्यो ।
राजस्थानका लागि नितिश रानाले ३६ बलमा १० चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ८१ रनको योगदान गरे । यसैगरी कप्तान रियान परागले ३७, सन्जु सामसनले २० र सिम्रन हेडमायरले १९ रन बनाए ।
दोस्रो विकेटका लागि नितिश र सन्जुले ८२ रनको साझेदारी गरेका थिए । चेन्नईका लागि मथिशा पाथिराना, खलिल अहमद र नुर अहमदले समान दुई तथा रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान एक विकेट लिए ।
दुवै टोली आफ्नो तेस्रो खेल खेल्दैछन् । यसअघि मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नईले रोयल च्यालेन्जर्स बेङ्लुरुसँग हार बेहोरेको थियो । राजस्थान भने सनराइजर्स हैदराबाद र कोलकाता नाइट्सराइडर्ससँग पराजित भएको थियो ।