काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिले नेपालका पुरुषोत्तम कट्टेललाई महासचिवमा नियुक्त गरेको छ ।
अनवरुल हकको राजीनामापछि कट्टेललाई उक्त जिम्मेवारी दिइएको हो । २०१५ देखि महासचिव रहेका हकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।
कट्टेलले अप्रिल १ देखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । यसअघि कट्टेल एसियाली फुटबल महासंघ (एएफसी) मा दक्षिण एसियाको एकाइ प्रमुखका रूपमा १७ वर्ष काम गरेका थिए ।
‘म महासचिवको रूपमा साफसँग जोडिन पाउँदा अत्यन्तै खुसी छु । यो मेरो लागि ठूलो अवसर र चुनौती पनि हो । फुटबलमा आफ्नो करियर सुरु गरेदेखि नै मैले दक्षिण एसियालाई नजिकबाट नियालीरहेको छु,’ ‘मलाई यो भूमिकामा अवसर दिएकोमा साफका अध्यक्ष श्री काजी सलाहुद्दीन र कार्यकारी समितिका सदस्यहरूलाई धन्यवाद दिन चहान्छु ।’
भिडियो
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC
यसपटक पनि फाइनल पुग्ने चाहना छ II Devendra Tamang , Dhangadhi FC
Striking zone हाम्रो बलियो पक्ष्य हो II BHOLA SILWAL : ASSISTANT COACH, DHANGADI FC
विगतका संस्करणमा चुक्यौं, यसपाली जित्छौं II Jaya Gurung , FC Chitwan
प्रि-सिजन प्रशिक्षणबाट सन्तुष्ट छु, हामी उपाधि जित्छौं IIJonathan Campbell ,FC Chitwan
अन्तिम समयसम्म फाइट दिनेछौं II MILAN RAI , FC Chitwan
चितवन सबै पक्षमा राम्रो छ II NABIN NEPAUNE: HEAD COACH FC CHITWAN