सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो जितको खोजीमा फ्रेन्डस र एपिएफ

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्र्तत सोमबार पाँचौ चरणको अन्तिम खेलमा सोमबार आमने सामने हुँदा फ्रेन्डस् क्लब र एपिएफ क्लब पहिलो जितको खोजीमा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो एक बजे हुनेछ । 

चार खेल खेलेका फ्रेन्डस र एपिफ क्रमशः दुई र एक अकसहित १३औं र १४ औं स्थानमा छन् । जारी लिगमा  फ्रेन्डस र एपिएफले जित हात पार्न सकेका छैनन् ।

फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सँग २-१ पराजित भएको फ्रेन्डसले थ्री स्टारलाई १-१ को बराबरीमा रोकेको थियो भने चौथो खेलमा मनाङ मर्यास्ङ्दी क्लबलाई २-० को नतिजा सुम्पिएको थियो ।

त्यस्तै लिगमा लगातार तीन खेल गुमाएको एपिएफले चौथो चरणमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोक्दै लिगमा पहिलो अंक जोडेको थियो । त्यसैले पनि फेन्डस् क्लबविरुद्ध उत्रदा एपिएफ उच्च मनोबलसहित मैदान उत्रनेछ ।

एपिएफ पहिलो खेलमा ब्रगेड ब्वाइजसँग ३-२, दोस्रो खेलमा च्यासल युथ क्लबसँग १-० र तेस्रो खेलमा सातदोबाटो युथ क्लबसँग ४-१ ले निराश भएको थियो ।