सहिद स्मारक ‘ए’ डिभिजन लिग

तीन अंकको लक्ष्य पूरा भएनः मेघराज केसी

काठमाडौं । सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीले त्रिभुवन आर्मी क्लबविरुद्ध स्पष्ट तीन अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिए पनि सफल नभएको बताएका छन् ।

‘हामीले लिगमा राम्रो प्रदर्शन गरिरहेका छौ, पछिल्लो खेलमा एनआरटीसँगको हारले टोली दबाबमा थियो’, केसीले भने, आज हामीसँगै आर्मी पनि जितकै लागि आएको थियो । शीर्षताको होडका लागि दुवै टोलीलाई तीन अंकको आवश्यक थियो । त्यसैले खेल पनि निकै प्रतिस्पर्धात्मक रह्यो । आज हामीले आर्मीसँग एक अंक जोड्नु भन्दा पनि तीन अंक गुमायौ ।'

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको पाँचौ चरणको पहिलो खेलमा सातदोबाटोले आर्मीसँग १-१ को बराबरी खेलेको हो ।