सिन्धुपाल्चोक । चौथो मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधिका लागि सुनकोशी ‘बी’ र धार्पा युवा क्लब भिड्ने भएका छन्।
दरबार डाँडा खेल मैदानमा शुक्रबार सम्पन्न सेमिफाइनमा सुनकोशीले राई एफसी र धार्पाले चौतारा स्पोटिङ क्लबलाई पराजित गरे ।
पहिलो सेमिफाइनलमा सुनकोशीले राई एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
यसैगरी दोस्रो सेमिफाइनलमा धार्पाले चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले निरास बनायो । उक्त खेलको पनि निर्धारित समयमा दुवै टोलीबाट गोल हुने सकेन ।
मेलचौर युवा जागरण समाजद्वारा आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ प्राप्त गर्नेछन्।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship