कार्तिक ९, २०८१ शुक्रबार | २०:०४:२२
मालिकादेवी कपः सुनकोशी ‘बी’ र धार्पा फाइनलमा नामिबियाका कप्तान इरास्मसले काठमाडौंबाट एनपिएल खेल्ने लाइफ केयर र नेक्सस उपाधिका लागि भिड्ने राखेपका पूर्व सदस्यसचिव राणाको निधन मनोजको स्मृतिमा भलिबल प्रतियोगिता हुने जोन्टी रोड्स पोखराको सल्लाहकार वार्नरमाथि लागेको प्रतिबन्ध हट्यो जनकपुर भित्रिए अमेरिकाका जोशुवा ट्रम्प आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल मालिकादेवी कपः सुनकोशी ‘बी’ र धार्पा फाइनलमा नामिबियाका कप्तान इरास्मसले काठमाडौंबाट एनपिएल खेल्ने लाइफ केयर र नेक्सस उपाधिका लागि भिड्ने राखेपका पूर्व सदस्यसचिव राणाको निधन मनोजको स्मृतिमा भलिबल प्रतियोगिता हुने जोन्टी रोड्स पोखराको सल्लाहकार वार्नरमाथि लागेको प्रतिबन्ध हट्यो जनकपुर भित्रिए अमेरिकाका जोशुवा ट्रम्प आहा रारा पोखारा गोल्डकप माघ २२ देखि हुने कतारको सामना गर्दै नेपाल

लाइफ केयर र नेक्सस उपाधिका लागि भिड्ने

भैरहवा । बिपी कोइराला स्मृति कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही ११ प्रतिस्पर्धा गर्ने भएका छन् ।

भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा लाइफ केयरले पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमीलाई तथा नेक्ससले बंगलादेशको साइक क्रिकेटर्सलाई पराजित गरे । 

फाइनल शनिबार दिउँसो १२ः ३० बजे सुरु हुनेछ।

पहिलो सेमिफाइनलमा भारतको लाइफ केयरले जावेद गोहरलाई १५६ रनले पराजित गर्यो। 

लाइफ केयरले प्रस्तुत गरेको २४८ रनको लक्ष्य पछ्याएको जावेद गोहर १५.४ ओभरमा ९१ रनमै समेटियो । जावेद गोहरका लागि अली हुसेनले ४२, रिशिभ जोशीले २३ र मोहम्मद इस्तियाकले १५ रन बनाए।

लाइफ केयरका लागि क्षितिज त्रिपाठी चार कप्तान योगेश कुमारले तीन तथा राजेश शर्माले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लाइफ केयरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २४७ रनको  योगफल तयार पारेको थियो।

लाइफ केयरका लागि दीपक पुनियाले ५८ बलमा ९ चौका र ६ छक्काको मद्दतले १०० रन बनाए । यसैगरी  दिपांशु फोरेले ६५ तथा विपुल कम्बोजले २९ रन बनाए।

जावेद गोहरका लागि मोहम्मद इस्तियाकले चार तथा रिशिभ जोशीले एक विकेट लिए ।

दोश्रो सेसिमफाइनलमा स्थानीय टिम नेक्ससले बंगलादेशको साइक क्रिकेटर्सलाई आठ विकेटले पराजित गर्यो ।

साइक क्रिकेटर्सले प्रस्तुत गरेको को ८९ रनको लक्ष्य नेक्ससले ११.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेक्ससका लागि शंकर रानाले ४० र कप्तान विपिन विक्रम शाहीले अविजित १५ रन बनाए ।

साइक क्रिकेटर्सका लागि एकेएस र सहदत रहमानले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको  निम्तो पाएको साइक क्रिकेटर्सले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको थियो ।

साइक क्रिकेटर्सका लागि एकेएसले २७, सौरबले १३ र सिफद सदेकले १२ रन बनाए ।

नेक्ससका लागि बसिर अहमदले तीन, दिपेश कँडेल र शाहब आलमले समान दुई तथा दुर्गेश गुप्त र दिनेश अधिकारीले समान एक विकेट लिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar
KHELADI ON THE SPOT : मुस्ताङदेखि खेल हेर्न आएका दर्शक भन्छन् : NEPAL ले SRI LANKA लाई जित्नै पर्छ
BANGLADESH 3 - 1 INDIA II POST-MATCH PRESS CONFERENCE COACH PETER BUTLER SAFF Women's Championship
KHELADI ON THE SPOT : ANU LAMA Former Captain, Nepal National Women's Football Team
NEPAL 11 - 0 MALDIVES । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | REKHA POUDEL
SRI LANKA VS BHUTAN POST-MATCH PRESS CONFERENCE COACH MOHAMED HASSAN ROOMY SAFF Women's Championship