सहिद स्मारक ‘सी’ डिभिजन लिग

बराबरीमा रोकिए स्वयम्भु र गोलबजार

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार स्वयम्भु क्लब र गोलबजार स्पोर्टस क्लब २-२ को बराबरीमा रोकिएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा दुई गोलको अग्रता जोगाउन नसक्दा स्वयम्भु अंक बाँड्न बाध्य बन्यो । यस नतिजासँगै दुर्व टोलीले एक अंक प्राप्त गरेका छन् ।

स्वयम्भुका लागि सुग्रित मगर र रञ्जन पुनले गोल गरे । गोलबजारका लागि आशाहाङ राई र सनम थापाले गोल गरे ।

खेलको २१औं मिनेटमा सुग्रितको गोलमार्फत स्वयम्भुले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै रञ्जनले टोलीको अग्रता दोब्बर बनाए ।

आशाहाङले ५५औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । इन्जुरी समयमा सनमले गोल गरेछि खेल २-२ को बराबरीमा सकियो ।