सहिद स्मारक ‘सी’ डिभिजन लिग

अन्तिम समयको गोलले हारबाट जोगियो महावीर

काठमाडौं । इन्जुरी समयमा शिवप्रसाद चौलागाईले  गोल गरेपछि सहिद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर स्ट्डिज एन्ड एथ्लेटिक्स एसोसियसनले रानिवन स्पोर्टस क्लबलाई बराबरीमा रोकेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा  खेल १-१ को बराबरीमा सकिएपछि दुवै टोलीले बाँडे । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा धिरज थापाले गोल गर्दै रनिवनलाई अग्रता दिलाएका थिए ।

खेलको १५औँ मिनेटमा गोलकिपर आसिब राई रातो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिएपछि महावीर १० खेलाडीमा समेटिएको थियो ।

शुक्रबार नै सम्पन्न अर्को खेलमा बागमती बागमती युवा क्लबले सानेपा बागमती युवा क्लबले हराउँदै विजयस् सुरुआत गर्यो ।