म्यानचेस्टर सिटी

गुइमरेसमाथि सिटीको नजर

काठमाडौं । इङ्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीले ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमरेस भित्र्याउने इच्छा देखाएको छ ।

सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडबाट गुइमरेसलाई अनुबन्ध गर्न चाहेको हो । विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार सिटीले गुइमरेस अनुबन्धका लागि न्युक्यासलसँगको छलफललाई अगाडि बढाइसकेको  छ ।

सन् २०२२ मा फ्रेन्च क्लब लियोनबाट न्युक्यासल भित्रिएका गुइमरेसले ७६ प्रिमियर लिग खेलमा १२ गोल गरेका छन् ।