भारतीय महिला लिग

दीपा र अनितासम्मिलित किकस्टार्ट पराजित

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीका सदस्य दीपा शाही र अनिता केसीसम्मिलित किकस्टार्ट एफसी भारतीय महिला लिगमा आइतबार गोकुलम केरला एफसीसँग २-० ले पराजित भएको छ ।

बेङ्लोर फुटबल रंगशालामा गोकुलमलाई जित दिलाउन फाजिला इक्वापुत र सन्ध्या रंगनाथनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएका हुन् ।

खेलको १५औं मिनेटमा इक्वाफुटको गोलमार्फत गोकुलमले अग्रता लिएको थियो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा रंगशनाथले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।

दीपा र अनिताले पहिलो रोजाइमै खेलेका थिए । किकस्टार्टका लागि अनिताको योग डेब्यू खेल हो । क्लबले  नेपालकै प्रीति राईले चोटका कारण लिग गुमाउने भएपछि अनितालाई भित्र्याएको हो ।