भक्तपुर कप फुटबल

भक्तपुर कपः पाण्डुबजार च्याम्पियन

भक्तपुर । पाण्डुबजार फुटबल क्लब तेस्रो भक्तपुर कप फुटबलको च्याम्पियन बनेको छ ।

भक्तपुर युवा टिमको आयोजनामा शनिबार भएको फाइनलमा पाण्डुबजारले काठमाडौंको सामाजिक युथ क्लबलाई ३-२ ले पराजित गर्यो ।

खेलका छैटौं मिनेटमै डिबी चौधरीको गोलमार्फत सामिजकले अग्रता लिएको थियो । २१औं मिनेटमा विवेक कवांले पाण्डुबजारलाई बराबरीमा ल्याए ।

सात मिनेटपछि विवेकले नै ब्यक्तिगद दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अगाडि बढाए । ३१औं मिनेटा सतिश सुवालले पाण्डु बजाका लागि तेस्रो गोल गरे ।

दोस्रो हाफमा रोशन राईले गोल गर्दै सामाजिकलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

विजेता पाण्डुबजारले १ लाख २५ हजार तथा उपविजेता सामाजिकले ६५ हजार रुपैयाँ रुपैयाँ प्राप्त गरे ।

सबैलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भएको थियो।

प्रतियोगितामा १६ टोलीको सहभागिता थियो ।