माघ १७, २०८२ शनिबार | ०२:५१:५५
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

तेन्जिङ र पञ्चमाया च्याम्पियन

काठमाडौं । मुसा मसला एण्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् ।

पकनाजोलस्थित ओयोजक काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा शनिबार भएको एक दिने प्रतियोगितामा तेन्जिङ पुरुष र पञ्चमाया महिलातर्फ च्याम्पिय बनेका हुन् ।

पुरुषतर्फ च्याम्पियन बनेका तेन्जिङले ८० अंक स्कोर गर्दै २० हजार रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पहरु जिते ।

यस्तै दोस्रो भएका साजन लामाले ५६ अंक स्को गर्दै  १० हजार र तथा तेस्रो भएका रोनक उप्रेतीले  ५ हजार रुपैयाँ र गिफ्ट ह्याम्पटरहरु प्राप्त गरे । रोनकले २० अंक स्कोर गरे ।

महिलातर्फ पहिलो भएकी पञ्चमायाले पनि २० हजार रुपैयाँ र गिफ्टह्याम्पटर प्राप्त गरिन् । यस्तै दोस्रो भएकी स्वस्तिका चौधरीले १० हजार र तेस्रो भएकी सृजना तामाङले ५ हजार रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरे   ।

खुल्ला प्रतियोगिता महिलातर्फ १४ र पुरुषतर्फ २० गरी कूल ३४ खेलाडीले सहभागिता जनाएको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए । जसमा तीन विदेश खेलाडी थिए ।

पहिलो चरणमा क्वालिफिकेसन राउण्डमा खेलाडी प्रतिस्पर्धा गराइएको र त्यसपछि अन्तिम चरणमा समान आठ पुरुष/ महिला खेलाडीबीच प्रतिस्पर्धा गराएर विजेता घोषणा गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आइएफएससी) को नियम र मापदण्ड अनुसार संचालन प्रतियोगितालाई नेपाल आरोहण खेलकुद संघ (एनसिएसए) ले पनि मान्यता दिएको थियो । प्रतियोगिताको प्राविधिक सहयोगीमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ थियो ।

 विजेतालाई नेपाल बरोहण खेलकुद संघका अध्यक्ष हरि धरेल, मुसा मसला संस्थापक अध्यक्ष माइक म्याकलिन, आयोजक काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगितालाई अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला र नेपालस्थीत वोङ्छु पिक प्रोमोसनले मुख्य प्रायोजन गरेका थिए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।