चैत्र १३, २०८२ शुक्रबार | ०३:२४:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

तेन्जिङ र पञ्चमाया च्याम्पियन

काठमाडौं । मुसा मसला एण्ड वोङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् ।

पकनाजोलस्थित ओयोजक काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा शनिबार भएको एक दिने प्रतियोगितामा तेन्जिङ पुरुष र पञ्चमाया महिलातर्फ च्याम्पिय बनेका हुन् ।

पुरुषतर्फ च्याम्पियन बनेका तेन्जिङले ८० अंक स्कोर गर्दै २० हजार रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पहरु जिते ।

यस्तै दोस्रो भएका साजन लामाले ५६ अंक स्को गर्दै  १० हजार र तथा तेस्रो भएका रोनक उप्रेतीले  ५ हजार रुपैयाँ र गिफ्ट ह्याम्पटरहरु प्राप्त गरे । रोनकले २० अंक स्कोर गरे ।

महिलातर्फ पहिलो भएकी पञ्चमायाले पनि २० हजार रुपैयाँ र गिफ्टह्याम्पटर प्राप्त गरिन् । यस्तै दोस्रो भएकी स्वस्तिका चौधरीले १० हजार र तेस्रो भएकी सृजना तामाङले ५ हजार रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरे   ।

खुल्ला प्रतियोगिता महिलातर्फ १४ र पुरुषतर्फ २० गरी कूल ३४ खेलाडीले सहभागिता जनाएको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठले जानकारी दिए । जसमा तीन विदेश खेलाडी थिए ।

पहिलो चरणमा क्वालिफिकेसन राउण्डमा खेलाडी प्रतिस्पर्धा गराइएको र त्यसपछि अन्तिम चरणमा समान आठ पुरुष/ महिला खेलाडीबीच प्रतिस्पर्धा गराएर विजेता घोषणा गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आइएफएससी) को नियम र मापदण्ड अनुसार संचालन प्रतियोगितालाई नेपाल आरोहण खेलकुद संघ (एनसिएसए) ले पनि मान्यता दिएको थियो । प्रतियोगिताको प्राविधिक सहयोगीमा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ थियो ।

 विजेतालाई नेपाल बरोहण खेलकुद संघका अध्यक्ष हरि धरेल, मुसा मसला संस्थापक अध्यक्ष माइक म्याकलिन, आयोजक काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरका प्रवन्ध निर्देशक प्रनिलमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगितालाई अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला र नेपालस्थीत वोङ्छु पिक प्रोमोसनले मुख्य प्रायोजन गरेका थिए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो