भक्तपुर कप फुटबल

भक्तपुर कपः पाण्डुबजार र सामाजिक युवा क्लब फाइनलमा

काठमाडौं। भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधिका लागि पाण्डुबजार फ्रेन्डसिप क्लब पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन् ।

सेमिफाइनलमा पाण्डुबजारले झौखेल युनाइटेडलाई २-० तथा सामाजिक युथ क्लबले वी आर ब्रदर्शलाई  १-० ले पराजित गरे ।

प्रतियोगिताको फाइनल भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा शनिबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले  ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा भक्तपुरबाट ११, काठमाडौं र काभ्रेपलाञ्चोकबाट समान दुई तथा ललितपुरबाट एक टोलीले सहभागिता जनाएको आयोजकले बताएको छ ।