फाल्गुन ३, २०८१ शनिबार | १२:२२:०९
नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने नेपाललाई जित्नैपर्ने दबाब अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कस्ता छन् नेपालका प्रतिद्वन्द्वी ? फेरि प्रतिबन्धमा पाकिस्तानी फुटबल पालो ब्युँताइएको च्याम्पियन्स ट्रफीको उत्कृष्ट बाहिर, पुरानालाई नै अवसर ग्रिनपिस फाइनलमा कराते खेलाडी विपिनलाई उपचार खर्च हस्तान्तरण चितवनको मार्की खेलाडीमा अञ्जन श्रीलंकालाई एकदिवसीय शृंखला युवा टोलीको नेतृत्व सिमान्त थापामगरले गर्ने

सहज जित निकाल्दै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबमाथि ४-० को सहज जित निकाल्दै साविक विजेता मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार मछिन्द्रलाई जित दिलाउन किस्टोफर चिजोबाले दुई र स्टेफन समिर बिनाङले एक गोल गरे । एक गोल आत्मधाती उपहार स्वरुप प्राप्त भयो ।

खेलको पाँचौं मिनेटमा चिजोबाको गोमार्फत मछिन्द्रले अग्रता लिएको थियो । उनले सनिस श्रेष्ठको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

एक मिनेटपछि नै बिनोङले टोलीको अग्रता दोब्बर बनाए । उनले पनि सनिशकै क्रसलाई हेडमार्फत जाली चुमाए ।

११औं मिनेटमा चिजोबाले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ३८औं मिनेटमा पुलिसका कप्तान रामचन्द्र वाजीबाट आत्मधाती गोल हुन पुग्दा मछिन्द्रले पहिलो हाफमै ४-० को आरमदायी अग्रता लियो  ।

दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । इन्जुरी समयमा रक्षक ओमोलाजा नुरेन करिमले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा समेटियो ।

मछिन्द्रले सिधै क्वार्टरफाइनल खेलेको थियो । पुलिसले विभागीय डर्बीकमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।

सेमिफाइनलमा मछिन्द्रले भारतको मानेमञ्ज्याङ एफसीको सामना गर्नेछ । मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain