पिस प्वाइन्ट कप

प्वाइन्ट कपः गेटवे सेमिफाइनलमा

प्रस्फुटन (रातो) र लोयल्टी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । गेटवे एकेडेमी छैटौं पिस प्वाइन्ट कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनल प्रवेश गरेको छ ।

सानो गौचरण मैदानमा गेटवेले त्रिवेणीलाई ८-० को फराकिलो अन्तरले पराजित गर्यो । गेटवेका राजन आचार्य र लक्ष्मण उप्रेतीले समान दुई तथा सन्दिप सिवाकोटी, प्रतीक रायमाझी, शिशीर श्रेष्ठ र प्रदीप खत्रीले समान एक गोल गरे ।

पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा प्रस्फुटन र सम्भावीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रस्फुटनले लोयल्टी एकेडेमीलाई १-० ले हरायो । विजेताका लागि कुशल गिरीले निर्णायक गोल गरे । सम्भावीले विट्स एकेडेमीलाई ३-१ ले निरास बनायो । सम्भावीका जेआर ठकुरीले ह्याट्रिक गरे । विट्सका बादल श्रेष्ठले सान्त्वना गोल फर्काए । सोमबार ३ खेल हुनेछ ।