बागमती गोल्डकप

सहज जित निकाल्दै मछिन्द्र च्याम्पियन

फाइल फोटो

मकवानपुर । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबमाथि ४-० को सहज सहज जित निकाल्दै मछिन्द्र फुटबल क्लब मकवानपुरमा  सम्पन्न छैटौं बागमती गोल्डकपको च्याम्पियन बनेको छ । 

जनता माविको खेलमैदानमा बिहीबार सम्पन्न फाइनलमा मछिन्द्रलाई जित दिलाउन सिजोबाले दुई र ओमोलाजा नुरेन करिमले एक गोल गरे । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

मछिन्द्र न्युरोड टिम (एनआरटी) लाई ५-१ तथा एपिएफ त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै फाइनल पुगेका थिए ।

उपाधिसँगै मछिन्द्रले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एपिएफले ५ लाख पायो ।