कर्ट ह्याम्रिन

१९५८ काे विश्वकप फाइनल खेलका एकमात्र जीवित खेलाडी ह्याम्रिनको पनि निधन

काठमाडौं । सन् १९५८ को  फिपफा विश्वकप फाइनल खेलेका एकमात्र जीवित खेलाडी कर्ट ह्याम्रिनको ८९ वर्षको उमेरमा निधन भएको छ ।

आफ्नो व्यवसायीक अधिकांश समय इटालीमा बिताएका स्विडिश मिडफिल्डरले आफ्नो देशका लागि ३२ खेलमा १७ गोल गरे ।

कुर्रे भनेर चिनिने ह्याम्रिनले घरेलु भूमिमा सन् १९५८ को विश्वकपको फाइनल खेलेका थिए । उक्त फाइनलमा स्विडेन ब्राजिलसँग ५-२ ले पराजित भएको थियो।

‘स्विडिश फुटबलले महान खेलाडी गुमाएको छ,’ स्विडिश फुटबल संघले भनेको छ ।

सन् १९५८ को हम्रीनले क्वार्टरफाइनलमा सोभियत संघ (हाल रुस) र सेमिफाइनलमा पश्चिम जर्मनी (हाल जर्मनी) विरुद्धको जितमा गोल गरेका थिए ।  

उनले एसी मिलान, फियोरेन्टिना, युभेन्टस, पाडोभा र नापोलीकाल इटालियन सिरी ‘ए’ खेल्दा १ सय ९० गोल गरे ।