इङ्लिस प्रिमियर लिग

लिभरपुल र चेल्सीको हार, आर्सनल विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्र्तगत आइतबार राति भएको खेलमा महाथरी क्लबहरु लिभरपुल र चेल्सीले लज्जास्पद हार बेहोर्दा आर्सनल विजयी भएको छ ।

आर्सनल मैदानमा लिभरपुललाई ३–१ ले हराएको हो । चेल्सी उल्भ्ससँग ४–२ ले पराजित भयो । यो खेलसँगै लिभरपुलले शीर्ष स्थानमा अंक दूरी बढाउने अवसर गुमायो । लिभरपुल २३ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा यथावत छ ।

समान खेलबाट ४९ अंकसहित  आर्सनल दोस्रो स्थानमा उक्लियो । दुई खेल कम खेलेको म्यानचेष्टर सिटी ४६ अंकसहित तेस्रो स्थानमा छ । समान अंकको एष्टन भिल्ला चौथो स्थानमा रह्यो । चेल्सी भने २३ मध्ये ९ खेल जितेर ३१ अंकसहित ११औं स्थानमा छ । 

आर्सनलको जितमा बुकायो साका, गाब्रियल मार्टिनेली र लेआन्द्रो ट्रोसार्डले समान एक गोल गरेका हुन् । आर्सनलकै गाब्रियल मागाल्चाइले आफ्नै पोष्टमा गोल गरेका थिए । खेलको ९९औं मिनेटमा चेल्सीका इभ्राहिम कोनाटेले रातो कार्ड बेहोरेपछि टोली दश खेलाडीमा सिमित बनेको थियो ।

अर्काे खेल्मा माथ्युस कुन्हाले ह्याट्रिक गरेपछि चेल्सी लज्जास्पद हार बेहोर्न पुगेको हो । अर्काे गोल अक्षर डिसासीले आत्माघाति गरेका थिए । चेल्सीको लागि कोल पाल्मर र थिअगो सिल्भाले गोल गरेका हुन् ।

अर्काे खेलमा म्यानचेष्टर युनाइटेड भने वेष्ट हम युनाइटेडलाई ३–० ले हराउन सफल भयो ।