इङ्लिस प्रिमियर लिग

फिर्मिनो भित्र्याउने फुलहमको इच्छा

काठमडौं । इङ्लिस प्रियमर लिगको क्लब फुलहमले ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिनो अनुबन्धको इच्छा देखाएको छ ।

फुलहमले जनवरी ट्रान्सफर विन्डोमा साउदी प्रो लिग क्लब अल अहिलबाट फिर्मिनोलाई भित्र्याउन चाहेको हाे । गत वर्ष इङ्लिस क्लब लिभरपुलबाट अल अहिल पुगेका फिर्मिनोले १७ साउदी प्रो लिग खेलमा तीन गोल गरेका छन् ।

यसैगरी प्रिमियर लिगकै सेफिल्ड युनाइटेडले पनि फिर्मिनो अनुबन्धमा चासो देखाएको छ । लिभरपुलका लागि ३ सय ६२ खेल खेलेका फिर्मिनोले १ सय ११ गोल गरेका थिए ।