नेफ-ऋत कप फुटबल प्रतियोगिता

नेफ-ऋत कप फुटबलः बृहस्पतिको जित

काठमाडौं । बृहस्पति विद्या सदनले सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।

चावहिल गणेशथान मैदानमा बृहस्पतिले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ४-० ले पराजित गर्यो । बृहस्पतिका गोरक्ष सुवेदी, आयुश पौडेल, सौरव महर्जन र एलेक्स डंगोलले गोल गरे ।

उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्धारा संयुक्त आयोजित प्रतियोगिताको अन्य प्रतिस्पर्धामा मनकामना, ज्ञानचक्छु, पिस प्वाइन्ट, विनायक र प्रारम्भ ले पनि जित निकाले ।

मनकामनाले फ्युजन एकेडेमी ‘ए’ लाई ४-१ ले हरायो । मनकामनाका सनिल मगरले दुई तथा मानव लामा र कृष्ण मोक्तानले समान एक गोल गरे । फ्युजन ‘ए’ का सविन तामाङले सान्त्वना गोल गरे । 

ज्ञानचक्छुले अनमोल ज्योतिलाई ३-२ ले स्तब्ध बनायो । विजेताका लाििग रोहितले दुई तथा मन्दिप आले मगरले एक गोल गरे । अनमोलका अनिश जिरेल र अनिश कार्कीले समान एक गोल फर्काए ।

पिस प्वाइन्टले पशुपतिलाई ४-० ले हरायो  । पिस प्वाइन्टका प्रज्ञान राई, राहुलकुमार योञ्जन, रामबहादुर बुढाथोकी र विशेष थिङले गोल गरे । विनायकले फ्युजन एकेडेमी ‘बी’ लाई ३-० गोलले पराजित गर्यो । विनायकका सविन राईले दुई तथा दिप्सन श्रेष्ठले एक गोल गरे ।

प्रारम्भले एक्सेलमाथि ४-० को सहज जित दर्ता गर्यो । विजयी टिमका लागि रुपेश खड्काले ह्याट्रिक तथा अजय कार्कीले एक गोल गरे ।