एन्फा कायसिमिति बैठक सुरु, असन्तुष्टी जनाउदै पेमा लामा बाहिरिइन्

फाइल फोटो

काठमाडाैं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक १ घन्टा ढिला गरी सुरु भएको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक दिउँसो १२  बजे सुरु भएकाे हाे ।  वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० सदस्यले असन्तुष्टि जनाएपछि बैठकमा ढिलाइ भएको हो ।

बैठक सुरु भए लगत्तै असतुष्टि जनाउँदै सदस्य पेमा लामा बैठकबाट बाहिरिएकी छन् । असन्तुष्ट अन्य सदस्य भने बैठकमै छन् । 

बैठकमा १८ एजेन्डा समावेश गरिएको छ । जसमध्ये कर्मचारी नियुक्ती विषय प्राथमिकतामा रहेको छ । पछिल्लो समय असन्तुष्ट रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिने नेतृत्वले योजना बनाएको छ ।

पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको समूह छाडेर तुलाधरले नेतृत्वलाई सहयोग गर्ने घोषणा शनिबार गरेका थिए । उनले हेटौडामा भएको विशेष साधारणसभाबाट नेतृत्वसँग सहकार्य गरेका थिए ।

असन्तुष्ट पक्षले सिइओ नियुक्ती खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्ने  माग गरिरहेका छन् ।

तय भएका १८ एजेन्डाहरु

१.संघको आर्थिक २०७९/ ०८० को अडिटर सिफारिस प्रस्ताब बारे,
२.संघको विशेष साधारण सभा सम्वन्धमा ,
३.संघको नियमित साधारण सभा सम्बन्धमा ,
४.कोशी प्रदेशका १० जिल्ला, गण्डकी प्रदेशका ६ जिल्ला, बी, सी डिभिजनको मताधिकारबारे, 
५.राष्ट्रिय लिगका लागि छनौट भएका ४ क्लबहरुको सम्बन्धमा, 
६.संघलाई जावश्यक पर्ने खेल सामाग्री लगायत विभिन्न सामाग्रीहरुको बोलपत्र तथा खरिद सम्बन्धमा, 
७.दोश्रो राउण्डको विश्वकप  छनोट खेलहरुको आयोजना र सहभागीता सम्बन्धमा, 
८. ‘बी’, ‘सी’ डिभिजन लिग, जिल्ला लिग र महिला लिग लगायत अन्य प्रतियोगिताहरुको सम्बन्धमा, 
९.विभिन्न उमेर समुहको महिला तथा पुरुष साफ व्याम्पियनशिप सम्बन्धमा, 
१०. साफ क्लब च्याम्पियनशिप सम्बन्धमा,
११. संघको विभिन्न समितिहरुको गठन तथा पुनर्गठन सम्बन्धमा,
१२. संघको कर्मचारी थप घट र व्यवस्थापन सम्बन्धमा,
१३. संघको विभिन्न पदाधिकारीहरुको नियुक्ति तथा जिम्मेवारी परिवर्तन सम्बन्धमा,
१४. अनुशासनको विषयहरु सम्बन्धमा,
१५.अर्थिक समिति गठन सम्बन्धमा,
१६. स्थायी समिति नियमावली सम्बन्धमा,
१८. एन्फा कार्यसञ्चालन नियमावली आर्थिक नियमावली, आन्तरिक संगठन नियमवाली, प्रतियोगिता नियमावली र कर्मचारी सेवा सर्त नियमावली पुनरावलोकन गरी परिवर्तन गर्ने सम्बन्धमा , 
१९.  विविध ।