चैत्र ८, २०८२ आइतबार | ०४:२६:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीले पाउने

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा हुने फुटबल प्रतियोगिताबाट उठेको टिकट रकमको २० प्रतिशत खेलाडीले पाउने भएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमिति बैठकले यो निर्णय गरेको हो । यसैगरी बैठकले प्रतियोगिताका दौरान कुनै पास नबाँड्ने निर्णय पनि गरेको छ ।

अहिलेसम्म १८ मध्ये ७ एजेन्डामा छलफल भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १२ बजे सुरु भएको थियो । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० सदस्यले असन्तुष्टि जनाएपछि बैठकमा ढिलाइ भएको हो ।

बैठक सुरु भए लगत्तै असतुष्टि जनाउँदै सदस्य पेमा लामा बैठकबाट बाहिरिएकी थिइन् । असन्तुष्ट अन्य सदस्य भने बैठकमै छन् ।

बैठकमा  कर्मचारी नियुक्ती विषय प्राथमिकतामा रहेको छ । पछिल्लो समय असन्तुष्ट रहेका संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिने नेतृत्वले योजना बनाएको छ ।

पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको समूह छाडेर तुलाधरले नेतृत्वलाई सहयोग गर्ने घोषणा शनिबार गरेका थिए । उनले हेटौडामा भएको विशेष साधारणसभाबाट नेतृत्वसँग सहकार्य गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो