एन्फा कार्यसमिति बैठकमा ३ एजेन्डा थप

फाइल फोटो

काठमाडौं । पुस २ गते बस्ने अखिल नेपाल फुटबल संघ ( एन्फा) को कार्यसमिति बैठकमा ३ एजेन्डा थपिएको छ । 

एन्फा शुक्रबार कार्यसमिति सदस्यलाई पत्र काट्दै बैठकमा ३ एजेन्डा थपिएको जनाएकाे हो। बैठक विहान १० बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्नेछ ।

३ एजेन्डा थपिएसँगै बैठकमा १८ विषयमा छलफल हुने भएको छ । यसअघि १५ एजेन्डा समावेश थियो ।

यस्ता छन् थपिएका एजेन्डा

१ आर्थिक समिति गठन सम्बन्धमा, 
२ स्थायी समितिहरुको नियमावली निर्माण सम्बन्धमा, 
३ एन्फा कार्यसञ्चालन नियमावली आर्थिक नियमावली, आन्तरिक संगठन नियमावली प्रतियोगिता नियमावली र कर्मचारी सेवा सर्त नियमावली पुनः अवलोकन गरी परिमार्जन गर्ने सम्बन्धमा ।