इङ्लिस प्रिमियर लिग

फुलहमको रोमाञ्चक जित

काठमाडौं । फुलहमले इङ्लिस प्रिमियर लिगमा सोमबार उल्भरह्याटनमाथि ३-२ को रोमाञ्चकजित निकालेको छ ।

जितसँगै १३ खेलमा १५ अंक जोडेको फुलहम १४ औं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको उल्भरह्याटन समान खेलबाट समान अंकका साथ १२ औं स्थानमा छ । 

घरेलु मैदान कार्भेन कटेज रंगशालामा फुलहमलाई जित दिलाउन विलियमले दुई तथा एलेक्स इओबीले एक गोल गरे । उल्भरह्याटनका लागि म्याथ्युज कुन्हा र हवाङ हि चानले गोल गरे ।

खेलको सातौं मिनेटमा इओबीको गोलमार्फत फुलहमले अग्रता लिएको थियो । २२ औं मिनेटमा कुन्हाले उल्भरह्याटनलाई बराबरीमा ल्याए ।

५९ औं मिनेटमा विलियनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २-१ ले अगाडि बढाए । ७५ औं मिनेटमा चानले पेनाल्टीमार्फत नै गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

इन्जुरी समयमा विलियमले पेनालटीमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै फुलहमलाई ३-२ को रोमाञ्चक जित दिलाए ।