मालिकादेवी कप

मालिकादेवी कपः सेमिफइनल समिकरण पूरा

फाइल तस्बिर

सिन्धपाल्चोक । तेस्रो मालिकादेवी नकआउट सेभेन ‘ए’ साइड नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

बुधबार सम्पन्न आ-आफ्नो खेलमा जित हात पार्दै महांकाल भुमि तामाङ समाज, चौतारा स्पोर्टिङ क्लब, रोयल फ्यामिली र  चौतारा साँगाचोकगढी नगरपालिका वाड नम्बर-६ ले अन्तिम चारमा स्थान पक्का गरे ।

पहिलो क्वार्टरफाइनलमा महांकाल भुमिले आयोजक मेलचौर युवा जागरण समाज ‘ए’ लाई १-० ले स्तब्ध बनायो ।

 दोस्रो खेलमा चौतारा स्पोर्टिङले इन्द्रवती-१० युवा क्लबलाई सडन डेथमा पराजित गर्यो । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

तेस्रो खेलमा रोयल फ्यामिलीले थुम्की डाँडा युवा क्लबमाथि ३-० को सहज जित निकाल्यो । 

चौथो तथा अन्तिम क्वार्टरफाइनलमा वडा नम्बर ६ ले फाइभ स्टार युवा क्लबलाई पेनल्टी सुटआउटमा निरास बनायो । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

सेमिफाइनलमा रोयल फ्यामिलीले चौतारा स्पोर्टिङ तथा महांकाल भुमिले वडा नम्बर ६ को सामना गर्नेछन् ।