वैशाख २८, २०८२ आइतबार | २१:४९:३७
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै

अन्तर वडा टेबल टेनिसः भक्तपुर र ललितपुरका दुई सेमिफाइनलमा

तेश्रो अल नेपाल अन्तर वडा टेबलटेनिसको उद्घाटन गर्दै सांसद मीनकृष्ण महर्जन

काठमाडौं । भक्तपुर र ललितपुरका २ वटा वडा तेश्रो अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भइरहेको प्रतियोगितामा भक्तपुरको २ र ५ तथा ललितपुरको १७ र १२ वडा सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको बागमती प्रदेशका सांसद् मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा करिब ४ सय खेलाडी सहभागी छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । 

प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम, यु-१६ ब्वाइज \ गर्ल्स  सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

टिम इभेन्ट बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जानकारी गराए । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । बाँकीमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सुमन खड्गी तथा सह–प्रायोजकमा नदिमरत्न शाक्य रहेका छन् । प्रायोजकमा ललितपुर महानगरपालिका, ललितपुर जिल्ला खेलकुद विकास समिति र गोदावरी नगरपालिका रहेका छन् । आधिकारिक बल डिएचएस तथा पोशाक गोर्खा एथलेटिक्सले प्रायोजन गर्ने छन् ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा जारी प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP