इटालियन सिरी ए

मिलान शीर्ष स्थानमा फर्कियो

मिलान ।  नौ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको बोलोग्नामाथि शनिबार ४-२ को जितसँगै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
 

१६औं मिनेटमा रफायल लियोले गरेको गोलमा मिलानमा अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि साउमारो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि बोलोग्ना १० खेलाडीमा सीमित बन्यो । 

३५औं मिनेटमा डेविड कलाब्रिियाले मिलानका लागि दोस्रो गोल गरे ।
 

४९औं मिनेटमा मिलानले ज्लाटान इब्राहिमोभिचले आत्मघाती गोल गरेपछि बोलोग्नालाई खेलमा फर्कन सहज बन्यो । त्यसको तीन मिनेटपछि नै मुसा बरोले बोलोग्नालाई खेल फर्काए ।
 

५८औं मिनेटमा रोर्बटो सोरिनोले रातो कार्डको दर्शन गरेपछि नौ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।
 

खेल सकिन अन्तिम ६ मिनेट बाँकी हुँदा दुई गोल गरेपछि मिलान ४-२ को जितसहित शीर्ष स्थानमा उक्लिएको हो ।

 मिलानका लागि ८४औं मिनेटमा इसामेल बेनासेर तथा ९०औं मिनेटमा इब्राहिमोभिचले गोल गरे ।
 

नौ खेलमा २५ अंकसहित मिलान शीर्ष स्थानमा उक्लिएको हो । जुन एक खेल कम खेल्दै दोस्रो स्थानमा बसेको नेपोली भन्दा एक अंक कम हो ।