इङ्लिस प्रिमियर लिग

मितोमा भित्र्याउने सिटीको चाहना

काठमाडौं । इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जापानी विंगर कोओरु मितोमा अनुबन्धको इच्छा देखाएको छ ।

सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटनबाट मितोमालाई भित्र्याउन चाहेको हो । मितोमा सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाको प्राथमिकतामा परेका छन् ।

सिटीले रियाद महारेजको विकल्पको रूपमा मितोमालाई भित्र्याउन चाहेको हो । महारेज यसै सिजन सिटी छाडेर साउदी प्रो लिग क्लब अल अहलीमा अनुबन्ध भएका थिए । 

२६ वर्षीय मितोमाले ब्राइटनसँगको सम्झौता नवीकरण गर्न मानिरहेका छैनन् । सन् २०२१ मा जापानी क्लब कावासाकीबाट ब्राइटन भित्रिएका मितोमाले ३३ प्रिमियर लिग खेलमा सात गोल गरेका छन् ।