चैत्र १४, २०८२ शनिबार | १५:३६:५१
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सुरु

पाँचौं धनलक्ष्मि स्वासको प्रतियोगिताको उद्घाटन गरिँदै

काठमाडौँ । पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

आइतबार सम्पन्न खेलमा जित निकाल्दै राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पहिलो दिन जित हात पारेर दोस्रो चरणमा स्थान बनाएका छन् ।

रिषभले शैलश अमात्यलाई ११-०,११-२ र ११-७ को सोझो सेटमा हराए । अन्य खेलमा निशान्तले अजय सिंह, धीरुले अजितकेशर सिंह ११-५, ११-५, ११-६ र रत्नकाजीले जुनिल शाक्य ११-४, ११-२, ११-३ ले पराजित गरे ।

यसैगरी प्रयाग र राजकुमारले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुपर्यो । प्रयागले ऋद्धि शाक्यलाई ९-११, ११-३, ९-११, ११-५ र ११-८ ले हराउनुभयो । राजकुमारले राज महर्जनविरुद्धको कठिन खेलमा ४-११, ९-११, ११-९, ११-४ र ११-७ ले जित हात पारेका हुन् ।

राजेन्द्रले भने आश्विन तोडीबाट वाकओभर पाएका थिए । पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडीलाई पनि सिधै दोस्राे चरणमा प्रवेश गराइएको छ ।

मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजयकेशर सिंह, इन्द्रबहादुर र प्रेम सिंहले आ-आफ्नो खेल जितेर दोस्रो चरणमा स्थान बनाएका छन् ।

सुरशेले अनिल वज्राचार्यलाई ८-११, ११-६, ११-८, ११-५ र मधुलालले किरण श्रेष्ठलाई रोमाञ्चक पाँच सेटको खेलमा ५-११, १०-१२, १३-११, ११-४, ११-३ ले गराए।अजयकेशरले पनि  महेन्द्र वैद्यविरुद्ध ११-८, ११-९, ६-११, ६-११ र ११-७ को कठिन जित निकाले ।

यसैगरी,इन्द्रबहादुरले रत्न महर्जनलाई ११-२, ११-४ र ११-६ तथा प्रेम सिंहले जितेन्द्र जोशीलाई ११-८, ११-२, १०-१२ र ११-२ ले पराजित गरे ।

महिला खुल्ला र ब्वाइज यू-१९ का खेलहरु सोमबारमात्र सुरु हुनेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो