युरोपियन च्याम्पियनसिप २०२४

इङ्ल्यान्डविरुद्ध जादुमयी प्रदर्शन आवश्यकः मिलेभ्स्की

लन्डन । नर्थ मासेडोनियाका प्रशिक्षक ब्लागोजा मिलेभ्स्कीले इङ्ल्यान्ड उत्कृष्ट टोली भएकाले जादुमयी प्रदर्शनले मात्र युरोपियन च्याम्पियनसिप २०२४ को छनोटमा उनीहरुविरुद्ध सुखद नतिजा आउने बताएका छन ।

इङ्ल्यान्डले समूह सी मा तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको छ । आज नर्थ मासेडोनियाविरुद्धको जितले इङ्ल्यान्डले शीर्ष स्थानको अग्रता फराकिलो पार्नेछ । २ खेलमा १ खेल जितेको नर्थ मासेडोनिया ३ अंकसहित चौथो स्थानमा छ । 

शुक्रबार २-० को अग्रता जोगाउन नसक्दा नर्थ मासेडोनिया युक्रेनसँग ३-२ ले निराश भएको थियो । पहिलो खेलमा भने नर्थ मासेडोनियाले मार्चमा माल्टालाई २१- ले हराएको थियो ।

‘हामीलाई इङ्ल्यान्डको टोली बलियो भन्ने थाहा छ’,उनले भने, ‘विश्वकै उत्कृष्ट खेलाडीले भरिएको विश्व फुटबलकै उत्कृष्ट राष्ट्रविरुद्ध जित निकाल्न हामीले जादुमयी प्रदर्शन गर्न सक्नुपर्छ । अन्यथा हामीले सुखद नतिजाको आशा राख्नुको अर्थ छैन ।’