काभा पुरुष भलिबल नेसन्स लिग

किर्गिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको दोस्रो खेलमा नेपालले सोमबार आयोजक किर्गिस्तानको समाना  गर्दैछ ।  

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा  नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ४ः ४५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो जितको लक्ष्यमा छ । आइतबार भएको खेलमा नेपाल मंगोलियासँग ३-१ को सेटमापराजित भएको थियो ।

नेपालले खेल १९-२५,२०-२५, २७-२५ र २०-२५ ले गुमाएको थियो  ।

काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।